चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले केदार कार्की गठबन्धनकै समर्थनमा मुख्यमन्त्री बनेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन्।
शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले कार्की गठबन्धनकै समर्थनमा मुख्यमन्त्री बनेको बताएका हुन्।
“कोशीको समस्या समाधान गरिएको छ। अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,” उनले भने, “गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ। अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ। उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो।”
शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा. शेखर कोइराला र आफूबीच गठबन्धन जोगाउने सहमति भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।
कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको उनको भनाइ थियो। “सम्भावना हुन सक्छ। तर अहिले नै हुन्छ भन्न सकिँदैन। गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ,” उनले भने।
अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले दाहालले यसलाई समाधान गर्न सरकार लागिपरेको बताए। “अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ। यसका धेरै कारण छन्। विगतदेखिका समस्या छन्,” उनले भने, “अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ।” निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उनले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गरे।
“बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारूपलाई नै नयाँ ढंगले विकास गर्न जरुरी छ। यो वर्ष हामीले भ्याएनौँ,” प्रधानमन्त्री दाहालले भने, “अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
