कांग्रेसबाट विद्रोह गरेका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
विराटनगर– कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन्।
कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
“कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रूपमा बसिरहन उपयुक्त नभएको महसुस गरी कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको छु, उनले राजीनामा पत्रमा भनेका छन्, “दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै क्रियाशील रहनेछु।”
कोशीमा दुई पटक मुख्यमन्त्री बनेका थापा दुवै पटक सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए। दुई–दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको थापाले स्वीकार गरेका छन्।
यस्तै, थापाले केदार कार्की मुख्यमन्त्री भएकामा बधाई दिएका छन्। तर, उनले कार्की मुख्यमन्त्री भएकै दिन राजीनामा दिनु संयोग मात्र भएको बताए।
एमाले र कांग्रेसका आफूसहित आठ जना सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
