दाइजोको निहुँमा आरतीको हत्या भएको भन्दै माइतीपक्षले असार १ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छन्।
काठमाडौँ– काठमाडौँको माइतीघरमा न्यायको माग गर्दै १२१ दिनदेखि धर्नामा बसेका आरती साहका माइतीपक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले आरतीको आमाबुवा र भाइलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगेको हो। यसअघि पनि प्रहरीले उनीहरूलाई दुईपटक माइतीघरबाट पक्राउ गरेर लगेको थियो।
आरतीको दाइजोको निहुँमा हत्या भएको भन्दै माइतीपक्षले असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन्।
गत बुधबार राति १० बजेतिर चार जनाको समूह आएर उनीहरूलाई छुरा देखाउँदै ब्यानर काटेर लगेको थियो।
शनिबार बिहान उनीहरूलाई उठाउन आएको प्रहरीले पनि ब्यानर च्यातिदिएको छ।
उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
यो पनि– माइतीघरमा धर्नारत आरतीको परिवारः अबेर राति ब्यानर काटिएपछि ‘प्रहरीबाटै त्रस्त’
भिडियो
धर्नारत आरती साहका आमाबुवा र भाइ प्रहरीको नियन्त्रणमा pic.twitter.com/PzSZ3n3D05
— Ukaalo (@ukaalonews) October 14, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
