एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन्।
एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को ४०औँ स्थायी कमिटी तथा एशिया–युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरू साँघुरो समूह–सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताएका हुन्।
“असहिष्णुताले अन्याय जन्माउँछ। सम्पूर्ण मानवलाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ उद्वेलित गराउँछ। त्यसैले हामी राजनीतिक स्थायित्व हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नुको विकल्प छैन,” अध्यक्ष ओलीले भने, “प्रकृति र वातावरण संरक्षण गर्दै साझा र दिगो उन्नति हासिल गर्न सबै राजनीतिक दललाई आग्रह गर्दछु।”
अध्यक्षले ओलीले हरेक नागरिकका लागि समान अवसर, न्यायमा पहुँच सुनिश्चित गर्ने सपनालाई कार्यरूप प्रदान गर्न राजनीतिक दलहरू मुख्य साधन हुने भएकाले राजनीतिक दलको भूमिकालाई कमजोर ठान्न नहुने विचार व्यक्त गरे।
भोलि सम्पन्न हुने उक्त बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एशिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आईक्यापका स्थायी कमिटी सदस्य राजन भट्टराईले बताए।
बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्यान्डस्लगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० जनाभन्दा बढीको सहभागिता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
