इजरायली हमलामा परी गाजामा ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली हमलाबाट गाजा शहरमा ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ। एक साताअघि दक्षिणी इजरायलमा प्यालेस्टिनी सैन्य समूह हमासले आक्रमण गरेपछि त्यसको प्रतिशोधमा इजरायले गाजामा हमला गरेको हो।
उक्त हमलामा परी ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी अधीनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ।
मन्त्रालयले हमलामा मारिनेहरूमा ४५८ महिला रहेको जनाएको छ। हमलामा आठ हजार ७१४ जना घाइते भएका छन्। यसअघिको विज्ञप्तिमा मन्त्रालयले २४ घण्टामा २२४ जना मारिएको जनाएको थियो।
मन्त्रालयका अनुसार वेस्ट बैंकमा ५४ जनाको ज्यान गएको छ भने १ हजार १०० जना घाइते भएका छन्।
बीबीसीका अनुसार इजरायली वायुसेनाले गत शनिबार इजरायली क्षेत्रमा आक्रमणको नेतृत्व गरेका हमास कमान्डर अली कादी मारिएको दाबी गरेको छ।
शिन बेट सुरक्षा एजेन्सी र सैन्य गुप्तचर निर्देशनालयको गुप्तचरीपछि ड्रोन हमलामा अली कादी मारिएको इजरायली सेनाले जनाएको छ।
इजरायलले स्थल आक्रमण थाल्ने चेतावनी दिँदै उत्तरी गाजामा बसोबास गर्ने १० लाखभन्दा बढी प्यालेस्टाइनीहरूलाई वासस्थान खाली गर्न भनेको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार स्थानीय समयअनुसार बिहान १० देखि साँझ ४ बजेको बीचमा दुई वटा मार्गहरू प्रयोग गरेर नागरिकहरूलाई वासस्थान खाली गर्न भनेको हो।
इजरायलको आह्वानलाई विश्व समुदायले निन्दा गरेका छन्। इजरायलको निर्णयलाई संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले ‘अत्यन्तै खतरनाक’को संज्ञा दिएका छन्।
गत साता हमासले गरेको आक्रमणमा १ हजार ३०० भन्दा बढी इजरायलले नागरिक र सैनिकको ज्यान गएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
