कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पछिल्लो पुस्तालाई देशले हारेको थियो, जित्न बाँकी छ भनेर सिकाउनुपर्ने बताउँछन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आपसी आलोचना र साथले देशलाई समृद्ध बनाउन अभियान सफल हुने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सबै दलहरू मिलेर साझा रूपमा लोकतान्त्रिक प्रणालीमार्फत देश निर्माणको अभियानलाई सफल पार्नुपर्ने बताएका हुन्। देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउने साझा जिम्मेवारी पनि राजनीति दलहरूले लिनुपर्ने उनको भनाइ छ।
“देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनु पर्छ, त्यसको जिम्मा हामी सबैले साझा रूपमा लिनुपर्छ। केही भएको छ, धेरै गर्न बाँकी छ, यही लोकतान्त्रिक प्रणालीबाट बनाउने हो,” उनले भने, “एकआपसमा आलोचना गर्दै साथ दिँदै यो देश बनाउने हो, बनाउन सकिन्छ।”
उनले नेपालीलाई वीर गोरखाली हुन् कहिल्यै हारेका थिएनन् भनेर गलत तथ्य पढाइँदै आएको बताए। पछिल्लो पुस्तालाई देशले हारेको थियो जित्न बाँकी छ भनेर सिकाउनुपर्ने उनको भनाइ छ।
“हामीलाई वीर गोरखाली, कहिल्यै नहार्ने भनेर जुन पढाउने गरिन्छ। त्यो गलत हो, हामी हारेका हौँ,” विगतमा दार्जिलिङ, टिस्टासमेत नेपाली भूमि रहेको उल्लेख गर्दै उनले भने, “पछिल्लो पुस्तालाई यो देशले हारेको थियो भनेर सिकाउनु पर्छ।”
उनले जसले गरेको भए पनि राम्रो कामलाई रामो भनेर स्वीकार गर्न सक्नुपर्ने बताए। उनले नेपालीहरूले आफूभित्र रहेको हीनताबोध हटाउनुपर्ने उनको धारणा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
