मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।
काठमाडौँ– मनाङ एयर हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना पर्दा गम्भीर घाइते भएका सेढाईंको अहिले ह्याम्स अस्पतालमा उपचार जारी छ। थप उपचारका लागि शनिबार नै भारतको नेसनल बर्न सेन्टर, मुम्बईमा लैजाने तयारी भएको अस्पतालले शनिबार साँझ विज्ञप्तिमार्फत जानकारी दिएको हो।
“उहाँलाई उहाँको परिवार तथा एयरलाइन्ससँगको सरसल्लाहमा थप उपचारका लागि इन्डियाको नेसनल बर्न सेन्टर, मुम्बईमा लैजाने तयारी भइरहेको छ,” डा. सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उनलाई शनिबार भारत लैजाने तयारी छ।”
अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको छ। उनको शरीर र हातको डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार गरिएको अस्पतालले जनाएको छ।
हाइ अल्टिच्युडमा रहेका यात्रु लिन शनिबार बिहान उडेको को ९ एन-एएनजे कलसाइनको हेलिकप्टर ७ बजेर १३ मिनेटमा दुर्घटनामा परेको थियो। हेलिकप्टरमा पाइलट सेढाईं मात्रै सवार थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
