बृहत् नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले राज्यले पीडितपक्षलाई सघाउनुपर्ने ठाउँमा उल्टै झुकाउने काम गरेको टिप्पणी गरे।
काठमाडौँ– मृतक आरती साहको माइतीपक्षले प्रहरी प्रशासनले आफूहरूलाई न्याय दिलाउन सहयोग गर्नुपर्नेमा उल्टै अपराधीको संरक्षण गरिरहेको आरोप लगाएको छ। शनिबार माइतीघरमा धर्नारत आरती साहका आमाबुवा र भाइसमेतलाई प्रहरीले बल प्रयोग गर्दै अनामनगर प्रहरी वृत्तमा लगेको भन्दै आरतीका मामा सन्तोषकुमार साहले आफूहरूलाई न्याय दिलाउन सहयोग गर्नुपर्ने प्रहरीले नै असहयोग गरेको आरोप लगाएका हुन्।
माइतीघरमा पत्रकार सम्मेलन गरी उनले आरतीको हत्यालाई र आफूहरूमाथि भएको दमन र यातनालाई लुकाउन प्रहरीले आरतीको परिवारलाई धर्नास्थलबाट उठाएर प्रहरी वृत्तमा लगेको दाबी गरे। “बिहान आरतीका आमाबुवा र भाइसमेतलाई प्रहरीले कुटपिट गर्दै अनामनगर प्रहरी वृत्तमा लग्यो। आरतीको हत्यालाई र हामीमाथि भएको दमन र यातनालाई छुपाउन यो काम उनीहरूले गरिरहेको छ,” उनले भने।
उनले आफूहरूलाई गत बुधबार चार जना गुन्डाहरूले हमला गरेको र उक्त हमलामा प्रहरी प्रशासनको पनि संलग्नता रहेको आरोप लगाए। “हामीलाई अस्ति बुधबार पनि चार जना गुन्डाहरूलाई पठाएर हमला गरिएको थियो। त्यसमध्ये एक जनाको मोबाइल झरेको थियो। त्यो आरके सिंह डीएसपीलाई बुझाइएको थियो। त्यो अनुसन्धान नि गर्नुभएको छैन” उनले भने, “त्यो गुन्डाहरूमा पनि पुलिस प्रशासनको संलग्नता देखिन्छ।”
त्यतिबेला सुरक्षामा बस्ने सुरक्षाकर्मीलाई अन्नपूर्ण अस्पतालमा केही काण्ड भयो भनेर पठाएर आफूहरूमाथि हमला गरिएको उनको भनाइ छ।
त्यस्तै, बृहत् नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले राज्यले पीडितपक्षलाई सघाउनुपर्ने ठाउँमा उल्टै झुकाउने काम गरेको टिप्पणी गरे। गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक हप्तामा ‘सबै समाधान गर्छु’ भन्ने बाचा दिएर गएको, एक हप्ता बितिसक्दा पनि केही नगरेको उनको भनाइ छ।
“उहाँको हत्या हो कि आत्महत्या भन्ने विषयमा राज्यले सघाउनुपर्ने ठाउँमा झन् उहाँहरूमाथि पीडितलाई झुकाउने काम गरेको छ। नारायणकाजीजीले एक हप्तापछि उहाँहरूको कुरा हामी सुन्छौँ। उहाँहरूको रिपोर्ट हेरेर म केही गर्छु भन्नुभएको थियो। उहाँको विश्वास गर्यौँ,” उनले भने, “तर केही भएन एक हप्तामा। गृहमन्त्रीज्यू गरेको के हो?”
उनले न्याय दिन ढिलाइ गरेमा नागरिक आन्दोलन कठोर रूपमा सडकमा आउन बाध्य हुने चेतावनीसमेत दिए। “देशमा न्याय अझै छ भनेर बसिरहेका छौँ। यस्तो अवस्था भयो भने नागरिक आन्दोलन कठोर रूपमा सडकमा आउन बाध्य हुने छौँ,” उनले भने।
दाइजोको निहुँमा आरतीका श्रीमान् पक्षले उनीको हत्या गरेको आरतीका परिवारको आरोप छ। दोषीमाथि कारबाहीको माग गर्दै विगत १२१ दिनदेखि उनीहरू माइतीघर मण्डलमा धर्ना बसिरहेका थिए। शनिबार बिहान ८ बजेतिर माथिको आदेश भन्दै प्रहरीले आरती साहका आमाबुवा र भाइलाई अनामनगर प्रहरी वृत्तमा लगेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
