शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको छ।
काठमाडौँ– मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ।
श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेसनल बर्न सेन्टर मुम्बई लगिएको ह्याम्स अस्पतालले जनाएको छ। अस्पतालका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीसहितको विशेषज्ञ टोलीले ‘मेडिकल स्कर्टिङ’ गरेर सेढाईंलाई भारत लगिएको हो।
श्री एअरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार आइतबार बिहान १ बजे मुम्बई विमानस्थलमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरिएको थियो।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जनाएको छ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७:१३ बजे लुक्लाबाट लोबुचे उडेको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
