पर्यटकको सुविधाका लागि स्थानीय पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा तिलिचो ताल नजिकै इन्टरनेट सेवा जडान गरिएको छ।
मनाङ– विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधाका लागि इन्टरनेट जडान गरिएको हो।
पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए।
“वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ,” उनले भने, “इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन्।” पर्यटकहरू इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उनको भनाइ छ।
होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताए। “पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि इन्टरनेटको माध्यमबाट पर्यटकहरू सहज रूपमा सम्पर्कमा आउन सक्नेछन्,” उनले भने।
उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको उनले बताए।
तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताए। यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ।
पछिल्लो समय मनाङमा पर्यटक आगमन बढ्दै गएको छ। विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै अन्नपूर्ण पदमार्गबाट पोखरा निस्किन सकिन्छ। मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक आउने गरेका छन्।
दैनिक २०० भन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) कार्यालय मनाङका पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए। उनका अनुसार दशैँ र तिहारको बीचमा पर्यटक अझै बढ्छन्।
यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्। सन् २०२३ जनवरीयता १४ हजार २१४ पर्यटक यस पदमार्गमा आएका छन्। यस पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ।
पर्यटकको स्वास्थ्य सुविधाका लागि मनाङ ङिस्याङ गाउँपालिका र एक्यापको समन्वयमा अस्थायी स्वास्थ्य चौकी सञ्चालन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
