‘अमेरिकन हिमालयन फाउन्डेसन’ स्थापना गरेका फाइन्सटाइनका श्रीमान् ब्लम नेपालको हिमाली समुदायसँग काम गर्न बर्सेनिजसो नेपाल आउँथे। फाइन्सटाइन पनि एकपटक नेपाल आएकी थिइन्। उनी नेपालको असल मित्र थिइन्।
काठमाडौँ– अमेरिकी सिनेटर डायन फाइन्सटाइनले २०२३ फेब्रुअरी १४ मा घोषणा गरिन्, “अब म २०२४ को चुनावमा भाग लिन्नँ।”
फाइन्सटाइन अमेरिकी सिनेटमा ज्येष्ठ सदस्य थिइन्। सिनेटमा अहिलेसम्म सबैभन्दा लामो कार्यकाल बिताउने महिलाको कीर्तिमान पनि उनैको नाममा छ। उनी सन् १९९२ नोभेम्बरदेखि लगातार सिनेटमा थिइन्। क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने पहिलो महिला सिनेटर पनि उनै हुन्। यसपटकको कार्यकालपछि भने बिदा लिने उनको घोषणा थियो।
तर उनले अन्तिम कार्यकाल पूरा गर्नै पाइनन्। राजनीतिबाट बिदा लिने घोषणा गरेको केही समयपछि उनले जीवनबाटै बिदा लिन पुगिन्।
दुई हप्ताअघि सिनेटर फाइन्सटाइनको ९० वर्षको उमेरमा मृत्यु भयो। केही समयदेखि उनको स्वास्थ्य निरन्तर बिग्रँदो थियो। तर मृत्युको कारण के थियो, उनको परिवारले सार्वजानिक गरेन। उनको सचिवालयले यति भन्यो, “दुःखद् समाचार। फाइन्सटाइन रहनुभएन, उहाँको मृत्युले अपूरणीय क्षति भएको छ।”
From the Office of Senator Feinstein:
— Senator Dianne Feinstein (@SenFeinstein) October 5, 2023
Please watch the livestream of Senator Feinstein's memorial service, starting at 1 p.m. Pacific time.https://t.co/xdzCKIdx2W pic.twitter.com/qeXW0JMaLA
उनको मृत्यु वासिङ्टन डिसीस्थित आफ्नै घरमा भएको थियो।
बेलाबेला विसञ्चो भएपछि फाइन्सटाइन अस्पताल जाने गर्थिन्। तर ज्यानै लिन सक्ने ठूलो रोग थिएन। दुई महिनाअघि आफ्नै घरमा लडेपछि अस्पताल भर्ना भएकी थिइन्। जोखिम केही थिएन। झण्डै दुई घण्टा अस्पताल बसेर घर फर्किएकी थिइन्। त्यतिबेला डाक्टरले भनेका थिए, “सबै ठीक छ, आराम गर्नू।”
फाइन्सटाइन र उनको परिवार नेपालको असल मित्र थिए। कुनै बेला उनी नेपाल पनि आएकी थिइन्। नजिकबाट चिन्नेहरूका अनुसार उनी एक पटक मात्र नेपाल आइन्, तर उनका श्रीमान् रिचार्ड सी. ब्लम भने हरेक वर्षजसो आइरहन्थे।
अमेरिकाका लागि नेपालको राजदूत भएर लामो समय उता बसेका भेषबहादुर थापा आफू उनीहरूको घर जाने गरेको सुनाउँछन्। थापा भन्छन्, “म राजदूत भएर गएपछि उहाँको पार्टीका प्रबुद्ध व्यक्तिहरूसँग सम्पर्क गराइदिनु भएको थियो। भेटघाट हुन्थ्यो। उहाँहरू दुवै जना (फाइन्सटाइन र ब्लम)सँग मेरो एकदमै राम्रो सम्बन्ध थियो। म पटकपटक उहाँहरूको घर गएको छु। घण्टौँ भलाकुसारी गर्थ्यौँ। एकदमै मिलनसार हुनुहुन्थ्यो।”
नेपाल र अमेरिकाबीच राजनीतिक निकटता बढाउन पनि फाइन्सटाइन सक्रिय रहेको थापाको भनाइ छ। “उहाँ नेपालको बारेमा खुब चासो राख्नुहुन्थ्यो,” थापाले भने।
फाइन्सटाइनका श्रीमान् ब्लमले ‘अमेरिकन हिमालयन फाउन्डेसन’ स्थापना गरेका थिए, जसका माध्यमबाट नेपालको हिमाली भेगमा बस्ने समुदायसँग सम्बन्ध विस्तार गरेका थिए। गैरनाफामूलक यस संस्थाले हिमाली भेगमा बस्ने तिब्बतीयन, शेर्पा र अन्य नेपालीहरूलाई समेत सहयोग गरेको थियो। विद्यालयहरू बनाउने, वृक्षारोपण गर्ने, डाक्टरहरूलाई तालिम दिने, अस्पतालहरूलाई सहयोग गर्ने काममा फाउन्डेसन सक्रिय थियो।
सन् १९६८ मा ब्लमले नेपालको हिमाली क्षेत्रको भ्रमण गरेपछि उक्त संस्था स्थापना गरेका थिए। श्रीमानको उक्त काममा फाइन्सटाइनले पनि महत्वपूर्ण सहयोग पुर्याएको थापा सम्झन्छन्।
डेमोक्रेटिक पार्टीबाट राष्ट्रिय राजनीतिमा परिचित हुनुअघि नै उनले सानफ्रान्सिस्कोमा विभिन्न पदमा बसेर काम गरेकी थिइन्। सन् १९६०–६६ सम्म उनी ‘वुमन्स बोर्ड अफ टर्म्स एन्ड पेरोल’को सदस्य थिइन्। सन् १९७०–७८ सम्म सानफ्रान्सीस्कोको ‘बोर्ड अफ सुपरभाइजर्स’मा थिइन्। उक्त बोर्डको अध्यक्ष बन्ने पहिलो महिलासमेत उनी नै हुन्।
उनी सन् १९७८–८८ सम्म सानफ्रान्सिस्कोको मेयर समेत बनिन्। मेयरका रूपमा उनले गरेको कामको निकै प्रशंसा हुने गरेको छ। त्यतिबेला एड्सको संकट चानचुने थिएन, यसलाई डरलाग्दो रोग मानिन्थ्यो। सन् १९८० तिर सानफ्रान्सिस्कोमा एड्स भयंकर रूपमा फैलिरहेको थियो, विशेषगरी समलिंगीहरू यसको चपेटामा थिए। त्यतिबेला उनले यो संकटलाई चिर्न देखाएको संवेदनशील कदमले धेरै अमेरिकीको मन जितेको थियो। पर्यावरण संरक्षण, प्रजनन अधिकार र बन्दुकको नियन्त्रणमा समेत उनले सक्रियतापूर्वक काम गरेकी थिइन्।
मेयर नहुँदा समेत उनी आफ्नो शहरप्रति सजग थिइन्। कतै सडकमा फोहोर वा प्वालहरू देखिन् भने मेयरलाई फोन गरेर तुरून्त काम अघि बढाउन सुझाव दिन्थिन्। जनताको हितमा काम गर्न प्रेरणा दिन्थिन्। यस्तै कारणहरूले सानफ्रान्सिको शहरका स्थानीयले उनलाई अत्यन्त सम्मान गर्थे। धेरैले उनलाई ‘लायनेस’ को रूपमा व्याख्या गर्थे। लायनेस अर्थात्, पोथी सिंह।
उनै लायनेसको मृत्युले यतिबेला अमेरिकी नागरिकहरू दुःखी छन्।
मृत्युअगाडि फाइन्सटाइनको स्वास्थ्यलाई लिएर विभिन्न टिप्पणी नभएका हैनन्। अब शारीरिक र मानसिक रूपमा पनि अशक्त भएको भन्दै सिनेटमा उनको उपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त हुन्थ्यो। तर त्यस्ता कुराले उनलाई फरक पारेन।
एकपटक त उनले भनिदिइन्, “मुख्य प्रश्न के हो भने, म चार करोड क्यालिफोर्नियावासीहरूका लागि सक्रिय प्रतिनिधि हुँ कि हैन? मेरो रेकर्ड हेरियो भने अझै पनि सक्रिय छु।”
यी सक्रिय राजनीतिज्ञको राजनीतिप्रतिको चासो कलेज पढ्दादेखि नै थियो। सन् १९५५ मा स्ट्याण्डफोर्ड कलेजबाट ‘ग्य्राजुयट’ हुनुभन्दा केही समयअघि मात्र पनि उनले पब्लिक पोलिसी इन्टर्नसिपका लागि ‘कोरो फाउन्डेसन’मा आवेदन दिएकी थिइन्। उनको आवेदनमा पब्लिक पोलिसीको क्षेत्रमा आफ्नो भविष्य खोजिरहेको र त्यसका लागि स्थानीय र सम्भवतः राष्ट्रियस्तरमा राजनीतिक कार्यालय खोल्ने बताइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
