कलिटेक्स जम्विता नाम गरेका ती व्यक्ति जब १६ वर्षका थिए उनलाई महिलाको डरले सताउन थाल्यो। महिलासँग बोल्न खोज्दा उनको बोली फुट्दैनथ्यो। डरले काँप्थे।
मान्छेलाई लाग्ने डर पनि अनेक खाले हुन्छन्। कोही पुल तर्दा डराउँछन्। कसैलाई दाह्री पालेको मान्छे देख्दा डर लाग्छ। यस्तै, कसैलाई आफ्नै मृत्युको डरले सताइरहन्छ।
महिलालाई देखेर डराउनेहरू पनि हुन्छन्। जसलाई मेडिकल भाषामा ‘गाइनोफोबिया’ भनिन्छ। सामान्य डराउनु र तर्किनु एउटा कुरा हो तर महिलालाई देख्नै नपरोस् भनेर जीवनभर लुकेर बसेको सुन्दा भने तपाईंलाई अचम्म लाग्न सक्छ।
अफ्रिकामा एक जना आफूलाई महिलाले नदेखुन् भनेर विगत ५५ वर्षदेखि एकान्तवासमा बस्दै आएका छन्। अहिले ७१ वर्षका कलिटेक्स जम्विता नाम गरेका ती व्यक्ति जब १६ वर्षका थिए उनलाई महिलाप्रतिको डरले सताउन थाल्यो। महिलाको नजिक परेपछि उनी डरले झसंग हुन्थे। महिलासँग बोल्न खोज्दा उनको बोली फुट्दैनथ्यो। लाजले रातोपिरो मात्र होइन डरले काँप्थे पनि।
त्यसपछि उनले महिलाको सम्पर्कमा आउन नपरोस् भने आफ्नो अलग्गै झुपडी बनाएर बस्न थाले। बस्तीबाट अलि पर बनाइएको उक्त झुपडीमा उनी यसरी बस्न थालेको ५५ वर्ष भइसकेको छ, तर उनको मनमा महिलाप्रतिको डर भने अझै उत्तिकै छ।
अहिले पनि झुपडीका चारैतिर काठको अग्ला घेरबार लगाएका छन्। बाहिर महिला देखा परे घरभित्र लुक्न गइहाल्छन्।
उनलाई स्थानीयहरूले दया गरेर खाने कुरा जुटाइदिन्छन्। प्रायजसो महिलाहरू खानेकुरा दिन उनको घरमा आउने गर्छन्। महिलाहरू आफ्नो घरबाहिर भएसम्म जम्विता लुकेर बस्छन्। उनीहरूले खानेकुरा घरको बाहिर छोडेर गएपछि मात्र त्यो सामान लिन उनी बाहिर निस्किन्छन्।
अफ्रिकाकाे एक मिडिया कम्पनी एफ्रिम्याक्सले उनको बारेमा डकुमेन्ट्री बनाएपछि उनी सामाजिक सञ्जालमा छाएका छन्। उक्त डकुमेन्ट्रीमा उनी महिलालाई देख्दा आफूलाई डर लाग्ने बताउँछन्।
"मलाई महिलाहरू मेरो आसपास नआउन् भन्ने लाग्छ," उनी भन्छन्, "महिलाहरूबाट जोगिनको लागि मैले मेरो घर वरपर बलियो घेरबार गरेको छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
