कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष उनले शपथ लिएका हुन्।
मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसका ‘विद्रोही’ समूहमा रहेका सांसदमध्ये इलामका शमशेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन्।
कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौँ मुख्यमन्त्री नियुक्त भएका हुन्। कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
