इजरायलले पनि जवाफी कारबाहीअन्तर्गत लेबनानमा हवाई आक्रमण शुरू गरेको छ।
लेबनानको विद्रोही समूह हिज्बुल्लाहले इजरायलमा मिसाइल आक्रमण गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार हिज्बुल्लाहको टीभी च्यानेल अल मनारमा यसबारे जानकारी दिइएको छ। उक्त टीभी च्यानलले आफ्नो टेलिग्राम पेजमा यसबारे बताउँदै 'गाइडेड मिसाइल'को प्रयोग गरिएको जनाएको छ।
समाचर एजेन्सी एएफपीका अनुसार हिज्बुल्लाहले गरेको आक्रमणमा एकको ज्यान गएको छ भने कैयौँ घाइते भएको इजरायली सेनाले जनाएको छ। लेबनासँग जोडिएको इजरायलको सीमा नजिकको गाउँ स्तुलामा आक्रमण गरिएको हो। उक्त गाउँमा किसानहरुको जनसंख्या धेरै छ।
यस्तै इजरायलले पनि जवाफी कारबाहीअन्तर्गत लेबनानमा हवाई आक्रमण शुरू गरेको छ। इजरायली सेनाले हमालाको पुष्टि गर्दै लेबनानसँग जोडिएको देशको उत्तरी सीमापट्टिकाे ४ किलोमिटरभित्रकाे क्षेत्र बन्द गरिएको जनाएको छ। यस्तै सेनाले यी क्षेत्रमा जान प्रतिबन्ध लगाएको छ। नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
प्यालेस्टिनी विद्राेही समूह हमास र इजरायलबीचकाे युद्धमा हिज्बुल्लाहले प्रवेश गरेकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
