परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगलाई अनुरोध गरेका छन्।
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाउने कार्यमा सहयोग गरिदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगसँग आग्रह गरेका छन्।
आइतबार ललितपुरको भैँसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगसँग अपिल गरेका हुन्।
गत साता इजरायलमा प्यालेस्टिनी सैन्य समूह हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सो क्रममा विपिन बेपत्ता भएका थिए। परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने आशंका व्यक्त गरे।
“विपिनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटक–पटक आक्रमण गरेको देखिन्छ। पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ। प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुई वटा ग्रिनेड फाल्दा एउटा नपड्किँदै विपिनजीले ग्रिनेड बाहिर फ्याँकेको देखिन्छ,” उनले भने।
प्रत्यक्षदर्शी विद्यार्थीको भनाइ उद्धृत गर्ने उनले केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेर लगिएको उनले बताए। उनले इजरायल सरकारसँग पनि विपिनको अवस्था पत्ता लगाइदिन आग्रह गरिए उल्लेख गर्दै उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।
“उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौँ। इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउने प्रतिबद्धता जनाएको छ,” उनले भने, “तपाईं (अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)हरूमार्फत अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न कूटनीतिक मिसनहरूसँग पनि उहाँको स्थिति पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु।”
इजरायलमा हमासको आक्रमणबाट विभिन्न देशका नागरिकसहित १ हजार ३०० बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त आक्रमणमा परेर ज्यान गुमाउनेमा नेपाली, अमेरिकीलगायतका देशका नागरिक छन्। अन्य कैयौँ व्यक्ति सम्पर्कविहीन रहेको समाचारमा जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
