चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आइतबारदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।
काठमाडौँ– दशैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन्। ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपालि चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार २९ हजार १५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन्। यस्तै, तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्भ फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ।
यसपालिको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आइतबारदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।
देशभरका सशस्त्र प्रहरी बल इकाईले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाउनाका साथै आपत् विपत्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउन भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा एक सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरी निगरानी बढाएको छ।
झापाको पूर्वी नाकास्थित काँकडभिट्टाको मेची पुल इलाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको जनाइएको छ।
दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वमामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पेट्रोल, चेक प्वाइन्टमा खटिनुका साथै मुख्य राजमार्गमा हुनसक्ने घटनालगायत दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा समयमै उद्धार गर्न ५३ स्थानमा एम्बुलेन्ससहितको आईआरटी टोली परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ।
प्राकृतिक तथा मानवसिर्जित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरीले धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी आठ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन बेसमा आवश्यक स्रोत साधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको जनाइएको छ।
स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न आठ वटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाइतेलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकल (एमसीबी)समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ ।
सो योजनाअन्तर्गत ५६३ स्थानमा पैदल गस्ती, ३६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती), २०९ स्थानमा क्युआरटी र ३७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड्युटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ गरिएको छ।
उक्त ड्युटीको अनुगमन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट हुनेछ भने राजधानी लक्षित सुरक्षा योजनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा पाँच वटा अनुगमन टोलीसमेत परिचालन हुने योजना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
