छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन एवं सुशासनमा जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर रहेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भनाइ छ।
काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतका भौतिक पूर्वाधार निर्माण र सुधारमा सम्बन्धित निकायको ध्यान नगएको गुनासो गरेका छन्।
आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटन गर्दै उनले न्यायपालिकाको वर्तमान अवस्था हेर्दा भवनहरू पुराना र जीर्ण अवस्थाहरू रहेको भन्दै अदालतका भौतिक पूर्वाधार निर्माण र सुधारमा सम्बन्धित निकायको ध्यान नपुगेको बताए।
“न्यायपालिकाको अवस्थालाई हेर्दा अझै पनि थुप्रै भवनहरूमा पुराना जीर्ण र अपर्याप्त अवस्थाहरू रहेका छन्,” उनले भने, “अदालतका भौतिक पूर्वाधार निर्माण र सुधार सम्बन्धित निकायको अझ पनि पर्याप्त ध्यान संवेदनशीलता तथा प्राथमिकता नपुगेको अनुभूति न्यायपालिकाले गरेको छ।”
उनले अहिले न्यायपालिकाले स्वाभाविक लय लिई सुधारको मार्गमा उन्मुख भइरहेको बताए। छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन एवं सुशासन जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर रहेको उनको भनाइ छ।
“अहिले न्यायपालिका स्वाभाविक लय लिन थालेको छ र सुधारको मार्गमा उन्मुख भइरहेको छ,” उनले भने, “छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ।”
उनले सार्वजनिक सेवा प्रवाहको निमित्त भौतिक पूर्वाधार सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
