विशेष गरी कंगो नदीमा अत्यधिक भार र डुंगाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुने गरेको छ।
उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी)को इक्वेटुर प्रान्तस्थित कंगो नदीमा डुंगा डुब्दा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य १६७ जना बेपत्ता भएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार १८९ जनाको उद्धार गरिएको छ। प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर भन्दा बढी दुरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो।
प्रत्यक्षदर्शीले बताएअनुसार अत्यधिक भारका कारण डुंगा पल्टिएको तर डुंगामा सवार यात्रुको संख्या भने अज्ञात रहेको रोयटर्सले जनाएको छ।
विशेष गरी कंगो नदीमा अत्यधिक भार र डुंगाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
