आजदेखि नयाँ नोट साट्न पाइने, एकैपटक साढे १८ हजार दिने राष्ट्रबैंकको तयारी

राष्ट्रबैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।

काठमाडौँ– नेपाल राष्ट्रबैंकले सोमबारदेखि नयाँ नोट साट्न शुरू गर्ने भएको छ। दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्रबैंकले सोमबारदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेको हो।

राष्ट्रबैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। ५, १०, २०, ५० र सय रुपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५०० सम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्रबैंकले जनाएको छ।

काठमाडौँ उपत्यकाभित्र राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। उपत्यका बाहिर भने राष्ट्रबैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने राष्ट्रबैंकले जनाएको छ।