‘अफलाइन ड्राइभ’ गर्ने पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ

विगतका केही आपराधिक घटनामा यस्ता सवारीको संलग्नता देखिएको भन्दै प्रहरीले पछिल्लाे समय निगरानी बढाएको छ। 

काठमाडाैँ– नियमविपरीत यात्रु ओसारेको भन्दै 'राइड सेयरिङ' सेवा पठाओ र इनड्राइभका ८३ जना राइडरलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौ उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो।

उनीहरूले अफलाइन रहेर यात्रु बोक्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। विगतका केही आपराधिक घटनामा यस्ता सवारीको संलग्नता देखिएको भन्दै प्रहरीले पछिल्लाे समय निगरानी बढाएको छ। 

यस्तै, अफलाइन राइड सेयर जोखिमपूर्ण हुने भन्दै त्यस्तो नगर्नसमेत प्रहरीले सबैलाई आग्रह गरेको छ।