रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने दाबी गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहायक रथी यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने विषयलाई जोडेर भ्रम छर्ने काम भएको बताएका हुन्। नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने बताउँदै उनले सहायक रथी अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा गलत भएको दाबी गरे।
“नेपालको प्रधानसेनापति हुन एउटा निश्चित मापदण्ड छ। निश्चित तालिमहरू प्राप्त गरेको अनुभवको अनिवार्य आवश्यकता छ। ती सबै आधार र अधिकारहरू भन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिनँ,” उनले भने, “त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो।”
उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्न सक्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्ट पारे। सेनामा रहेको बोर्डले सम्बन्धित अधिकृतको कार्यकालको भूमिका प्रभावकारिता मूल्यांकन गरी बढुवाका लागि सिफारिस गरेअनुसार मन्त्रिपरिषद्बाट निर्णय भएको उनको भनाइ छ।
“अनि प्रधानसेनापतिले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनु हुन्छ, रक्षा मन्त्रालयले परीक्षण गर्छ, त्यसपछि मन्त्रिपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलनअनुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो,” उनले भने।
मन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रूपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानून, योजना बनाउँदै अघि बढ्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
