सोमबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले ओरालो लागेर ३५५.७४ मा सीमित भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.१६ अंकले ओरालो लागेर एक हजार ८५१.४३ को विन्दुमा सीमित भएको छ।
सोमबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले ओरालो लागेर ३५५.७४ मा सीमित भएको छ।
कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ। विभिन्न कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ। सो बैंकको ६ करोड २४ लाख ७६ हजार ८९३ बराबरको कारोबार भयो।
हाथवे इन्भेस्टमेन्ट नेपालको पाँच करोड २७ लाख दुई हजार ७५९, सिटिजन लाइफ इन्स्योरेन्सको तीन करोड ६७ लाख २३ हजार २६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ५८ लाख २९ हजार ५८४ र एनआईसी एशिया बैंकको तीन करोड ४३ लाख ३५ हजार ६४१ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७.८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७.३१, सुपर मादी हाइड्रोपावर ४.०४, कालिन्चोक दर्शन लिमिटेड ३.९७ र सनराइज फोकस्ड इक्विटी फन्डका लगानीकर्ताले ३.८५ प्रतिशतले कमाएका छन्।
यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्मक सर्किट लागेको छ। नबिल ब्यालेन्स फन्ड दोस्रो ९.३१, मिड सोलु हाइड्रोपावर ९.०६ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
