मन्त्री भुसालले आन्तरिक उत्पादनमा प्रभाव पर्न नदिन बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरिएको बताए।
काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नरहनेगरी किसानहरूलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिनाभित्र किसानहरूलाई दूधको भुक्तानी गर्न दुग्धजन्य पदार्थको प्रशोधन तथा बजारीकरण गर्ने सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन्।
“डीडीसीको मात्रै होइन, अरू प्राइभेट कम्पनीहरूको पनि दूधको भुक्तानी बाँकी रहेको कुरा हामीलाई आएको छ,” उनले भने, “त्यसकारण सबै दूधको कारोबार गर्ने संस्थाहरूले किसानको एक महिनाभन्दा बढी बाँकी राखी दिनु हुँदैन।”
उनले संस्थाहरूको समस्या समाधान गर्न मन्त्रालयले स्टक रहेको दूधलगायतका उत्पादनहरूलाई धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिरहेको बताए। सम्बन्धित संस्थाहरूको स्टक उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकिए उनीहरूको समस्या समाधान हुने मन्त्री भुसालको भनाइ थियो।
उनले सहुलियतपूर्ण ऋणका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै कामहरू सकिएको बताउँदै अर्थ र कानून मन्त्रालयबाट सहमति प्राप्त भएपछि अन्तिम रूप दिएर अर्को महिनादेखि कार्यविधिहरू कार्यान्वयनमा जाने जिकिर गरे।
मन्त्री भुसालले आन्तरिक उत्पादनमा प्रभाव पर्न नदिन बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरिएको बताए। “हाम्रा किसानहरूले उत्पादन गरेको दूध हुँदाहुँदै बाहिरबाट दूध ल्याउन पाइँदैन, हुँदैन भनेर व्यवहारमा नै देखाइसकेको छु। यसले हाम्रा किसानहरूले गरेको उत्पादनमा प्रभाव पर्छ भनेर ल्याउन नदिइएको हो। अहिले पनि गरिँदैन,” उनले भने।
मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारी अघि बढाइएको पनि दोहोर्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
