सुनसरी-४(ख) का उम्मेदवार मेहताको उम्मेदवारी खारेज

मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको र त्यस्तो सजाय भुक्तान गरेको ३ वर्ष पूरा नभएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको छ।

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीबाट सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र-४(ख)मा उम्मेदवारी दिएका सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत मेहताको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।  

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले उल्लेख गरेको छ।