प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्।
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिनअघि मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्।
विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्थाअनुसार सोमबार प्रदेशसभामा सूचना दर्ता गरिएको हो।
आफूसहित कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्।
एमालेका उपनेता रामबहादुर मगर र आफूसँगै कांग्रेसमा ‘विद्रोह’ गरेका इलामबाट प्रतिनिधित्व गर्ने सांसद शमशेर राईलाई आइतबार उनले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
