मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण

ऐँठनका लेखक ओझालाई मदन पुरस्कार र चित्रकार मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरिएको छ।

काठमाडौँ– मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकार विवेक ओझा र चित्रकार टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विसं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत ऐँठनका लेखक ओझालाई मदन पुरस्कार र चित्रकार मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन्।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कार राशि चार–चार लाख रुपैयाँ रहेको छ। यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो। 

ऐँठन विवेकको दोस्रो कृति हो। यसअघि ऐलानी उपन्यास बजारमा ल्याएका विवेकले ऐँठनमा माओवादी आन्दोलनका बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथि केन्द्रित छ।माओवादी सशस्त्र आन्दोलनका बेला नेपाली समाजले भोगेको विषयवस्तु समेटेका छन्।  उनले ऊर्जाशील उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गरे।

२०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्मय क्षेत्रमा योगदान दिएका छन्। गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरूको कभर र बालपुस्तकहरूमा चित्रकथा कोरेका छन्। उनले संघीय संसद्को लोगोको डिजाइन पनि गरेका हुन्।