देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए।
धनगढी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनबाट प्राप्त उपलब्धि उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताएका छन्।
सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताए।
“यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ,” अध्यक्ष दाहालले भने। देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए।
प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरंग र जनतामा भरोसा देखिएको बताए। आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उनले भने, “मिटरब्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भूटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरू पनि केही फायल छिट्टै खुल्दैछन्।”
प्रधानमन्त्री दाहालले देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानून पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताए। “निजामती सेवा ऐन सदनमा लैजानेबारेमा अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौताबमोजिमको शिक्षा ऐन ल्याउन लागिएको छ,” उनले भने।
कोशीमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने, “एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल, हामीले कांग्रेसको एक जनालाई मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपिएको, यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ।”
सभामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने, एकले अर्काको महत्त्व बुझ्ने, क्षमता भएका सबै वामपन्थीलाई एकै ठाउँमा गोलबन्ध गर्न यो मोर्चा गठन भएको बताए। रोजगारी, सुशासन र समृद्धिको यात्रालाई समाजवादी मोर्चाले प्राथमिकता दिएको बताउँदै उनले भने, “चार दल मिलेर बनेको मोर्चाबाट कतिपयको सातो गएको छ।”
गठबन्धनको विकल्प नभएको र गठबन्धन पाँच वर्ष नै जाने जिकिर गर्दै अध्यक्ष नेपालले भने, “हाम्रो यो मोर्चाबाट गठबन्धन दल नेपाली कांग्रेस आत्तिएको छैन, खुसी नै छ।”
जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिएन भने यो व्यवस्था खतरामा पर्ने सन्देश जान सक्ने भन्दै सचेत हुनेबेला आएको बताए। संविधान जारी भएको आठ वर्ष भइसक्दासम्म जनताका सामाजिक समस्या समाधान र रूपान्तरण हुन नसकेको भन्दै उनले भने, “कृषिको आधुनिकीकरण, औद्योगिकीकरण जलस्रोतको उपयोगमार्फत विकास र समृद्धिको यात्रालाई अघि बढाउनुपर्छ।”
प्रधानमन्त्री दाहाल यसअघि सोमबार नै माओवादी केन्द्रका नेता स्व. कृष्ण बडुवाल(महेश)को कैलालीको लम्कीस्थित निवासमा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी थिए। श्रद्धाञ्जलीसभामा पार्टीका अध्यक्ष दाहालले बडुवालको निधनबाट पार्टीले एक इमानदार र निष्ठावान् योद्धा गुमाएको बताउँदै उनप्रति श्रद्धाञ्जली व्यक्त गरे। बडुवाल सो पार्टीका सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष थिए।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, खगराज भट्टलगायतका नेता पनि सहभागी भएका थिए।
यही असोज ११ गते बडुवालको निधन भएको थियो। प्रधानमन्त्री दाहाल सोमबार कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकामा आयोजना भएको छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
