देशका विभिन्न स्थानमा वर्षा तथा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

जसको प्रभावले देशभर आंशिकदेखी सामान्य बदली रही बागमती प्रदेशका केही स्थान हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमतीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। राति, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।