बाढीको गेग्र्यान पन्छाउन छिमेकी गाउँका स्थानीयसमेत जुटेका छन्। पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम संकलन गरेर पठाएका हुन्।
म्याग्दी– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा बाढीको पीडा भुलेर पुनः निर्माणमा जुटेका छन्। साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो।
गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए।
“बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको छ। बाढीको गेग्र्यान पन्छाउने काम जारी छ,” उनले भने, “अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ। खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँ। बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौँ।”
जनजीवन सामान्य बनाउन छिमेकी गाउँका बासिन्दाले समेत आर्थिक सहयोगका साथै श्रमदान गरेको र सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएको उनले सुनाए। गाउँपालिका, दाता र प्रभावितहरूले एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्र्यान उठाएर फाल्ने काम गरिरहेका छन्।
पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम संकलन गरेर पठाएका हुन्। व्यक्तिगत घरभित्र पसेको गेग्र्यान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन्। चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिक स्थलको बाढीको गेग्र्यान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उनले बताए।
तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ। घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन्। बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बसेकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनः निर्माण गर्ने योजना रहेको बताइन्।
क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए। “बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौँ,” उनले भने, “जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ।”
भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए। कागखोलाको बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ।
सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धमा क्षति गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
