नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।
काठमाडौँ– रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रीनाकुमारी साहको पद गएको छ।
मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै नगर प्रमुख साहको पद रिक्त भएको जनाएको हो। नेकपा एमालेबाट निर्वाचित भएकी उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको आयोगले जनाएको छ।
राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनको पद रिक्त भएको आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
“राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम निर्वाचित नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको छ,” आयोगले भनेको छ। आयोगले सोमबार उक्त निर्णय गरेको हो।
उनी पूर्वमाओवादी नेता प्रभु साहकी पत्नी हुन्। साहले गत पुसमा आम जनता पार्टी, नेपाल गठन गरेका थिए। नगर प्रमुख साह सोही पार्टीमा प्रवेश गरेको भन्दै एमालेले कारबाही गरेको थियो।
उनी २०७४ सालको निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएकी थिइन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
