हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय विमानमार्फत दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाइएको छ।
काठमाडौँ– सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको मंगलबार उद्धार गरेको छ। हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय विमानमार्फत दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाइएको हो।
इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए। “१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,” उनले भने।
दिल्ली आइपुगेपछि नेपालीहरूलाई त्यहाँ रहेको नेपाली दूतावासमार्फत गौरीफन्टा नाका हुँदै कैलाली ल्याउने तयारी छ। उनीहरू मंगलबार बेलुका दिल्ली र बुधबार कैलाली आइपुग्नेछन्।
परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा,दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन्।
सरकारले यसअघि २५४ जना नेपालीको उद्धार गरेको थियो। पढाई र रोजगारीका लागि करिब पाँच हजार नेपाली इजरायलमा छन्। उनीहरूमध्ये ५०३ जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
