मंगलबार एनआईबीएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक १३.१८ अंकले बढेर एक हजार ८६४.६२ को बिन्दुमा कायम भएको हो।
मंगलबार २८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता शेयर ४५ हजार ४५६ पटक किनबेच हुँदा एक अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ०.२७, निर्जीवन बीमा समूह ०.५३ र व्यापार समूह १.२५ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूहको उपसूचक १.३० र बैंकिङ समूहको उपसूचक १.१० प्रतिशतले बढेको छ।
मंगलबार एनआईबीएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य ८.५३ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको चार करोड ६२ लाख ६९ हजार २४८ रुपैयाँ बराबरको एक लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
