सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
काठमाडौँ– सांसदहरूले संसदीय समितिले दिएका निर्देशन कागजमा मात्रै सीमित भएको भन्दै कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउन प्रस्ताव गरेका छन्।
मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सदस्य कालुराम राईले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन भए/नभएकोबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले समितिको बैठक धेरै बसे पनि त्यसको उपलब्धि मूल्यांकन हुन नसकेको बताए।
“हामीले दिएको निर्देशन कार्यान्वयन भयो कि भएन भन्ने निगरानी अथवा अनुगमन कसले गर्ने त? हामीले निगरानी टोली पनि बनाउनुपर्छ कि। निगरानी टोलीले दिएको रिपोर्टअनुसार कार्यान्वयन नभएको भए हाम्रो तर्फबाट कस्तो खालको कारबाही गर्न सक्छौँ,” उनले भने।
समिति सदस्य विद्या भट्टराईले समितिमा सरोकारवालाहरूले माग सम्बोधनका लागि निवेदन दिने क्रम बढेको बताइन्। समितिमा उजुरी दिनेको संख्या बढे पनि समितिमा उठेका मुद्दाहरूलाई सार्थकतामा परिणत गर्नुपर्ने उनको भनाइ छ। भट्टराईले समितिमा दर्ज भएका उजुरीहरूलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्ने बताइन्।
“विभिन्न स्वास्थ्य क्षेत्रभित्र समस्या छन्। वीर अस्पतालको कुरा आइरहेको छ। धरानको अस्पतालको कुरा आइरहेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी छ। अरू विश्वविद्यालयमा पनि तालाबन्दी छ। एकदमै जटिल समस्याका रूपमा आइरहेका छन्। हाम्रो प्लान बनाउँदा यी कुराहरूलाई पनि समावेश गरौँ,” उनले भनिन्। उनले समितिसँग न्याय खोज्न आउने क्रम बढेको उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
