बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगरेको अवस्थामा मन्त्रालयकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिँदा स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरूको भनाइ छ।
काठमाडौँ– स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामूहिक राजीनामा दिएका छन्। बोर्ड सदस्य डा. सुरेश तिवारी, डा. तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टीका चापागाईंले सामूहिक राजीनामा दिएका हुन्।
नौ महिनादेखि स्वास्थ्य बीमा बोर्ड अध्यक्षविहीन छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए।
बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगरेको अवस्थामा मन्त्रालयकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिँदा स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरूको भनाइ छ।
राजीनामा दिएका बोर्ड सदस्य थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुखसमेत रहेका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशकसमेतमा नियुक्ति गरिनु ‘कन्फिलिक्ट अफ इन्ट्रेस्ट’ जोडिएको बताए।
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा कार्यकारी निर्देशकलाई निलम्बन गरेकोमा आपत्ति जनाए। सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको थियो ।
बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बीमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनको भनाइ छ। स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय भएकाले स्वास्थ्य बीमा कार्यान्वयनमा बाधा पुग्ने उनको तर्क छ।
“स्वास्थ्य सेवाका क्रममा हुने भड्किलो खर्च कम गर्न र गुणस्तरीय सेवामा जनताको सर्वसुलभ पहुँच स्थापित गर्न स्थापित स्वास्थ्य बीमा बोर्डको सदस्यको रूपमा रही नीति, कार्यविधि र कार्यक्रमहरू तयार पारी लागू गर्ने कार्यमा क्षमताले भ्याएसम्म योगदान गरियो। बदलिँदो परिवेश र हाम्रो व्यवहारिक कारणले स्वास्थ्यमन्त्रीसमक्ष यो सामूहिक राजीनामा दिएका हौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
