अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा रहेका अवसरलाई सूक्ष्म दृष्टिले हेर्न आवश्यक भएकोले गैरआवासीय नेपालीहरू फर्किनुपर्ने बताए।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलनमा उनले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको भन्दै सरकारले यसलाई प्रोत्साहन गर्ने बताएका हुन्।
उनले देशमा रहेका अवसरलाई सूक्ष्म दृष्टिले हेर्न आवश्यक भएकोले गैरआवासीय नेपालीहरू फर्किनुपर्ने बताए। “स्वतन्त्रता उपभोग गर्दै लाखौँ नेपालीहरूले आफ्ना आकांक्षा पूर्ति गर्न मुलुकबाहिर गएका हुन्, तर सधैँ बाहिरै जानुपर्दैन। मलाई लाग्छ, गैरआवासीय नेपालीहरू फर्किनु हुन्छ। कतिपय युवावस्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला। किनभने यहाँ अवसर छ, यो अवसर हामीले सूक्ष्म दृष्टिले हेर्नुपर्छ,” उनले भने।
उनले निजी क्षेत्रबाट ३ सय मेगावाट जलविद्युत् उत्पादन भइरहेको भन्दै सयौँ आयोजनामा हजारौँ नेपालीले लगानी गरिरहेको बताए।
लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा भएको भन्दै बेलायतलगायत देशहरूमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुने उल्लेख गर्दै उनले सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिने बताए । उनले देशमा नकारात्मक भावनाहरू बढ्दै गएको भन्दै यसलाई सकारात्मक बनाउन जरुरी भएको पनि बताए ।
०४६ सालपछि कुल गार्हस्थ्य उत्पादनमा ६० गुणाले वृद्धि भएको भन्दै मन्त्री महतले प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको र औसत आयु ५४ वर्षबाट ७२ वर्ष पुगेको बताए। “राजस्व अनुपात कुल गार्हस्थ्य उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युत्को पहुँच ९७ प्रतिशतभन्दा बढी छ। गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बाल मृत्युदर २७ मा झरेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
