कस्तो रहनेछ बुधबारको मौसम?

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

जसका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखी सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

पहाडी भूभागमा राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।