झोलुंगे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो। झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ।
बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मतका लागि भन्दै उक्त नाका असोज ९ यता आंशिक मात्रै सञ्चालनमा थियो।
पुल मर्मत भइसकेकाले बुधबारदेखि पूर्ण रूपमा आवागमन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियो। पूर्ण रूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ देखि साँझ ७ बजेसम्म आवागमन हुनेछ।
यसले दशैँका लागि घर फर्किने नागरिकलाई सहज भएको छ। बैतडीका शक्तिपीठ दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। दशैँमा बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायत मन्दिरमा दर्शनका लागि भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्।
झोलुंगे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो। झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ। यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
