होटलमा १ जनाको घाँटी रेटेर हत्या, १ पक्राउ

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक होटेलमा मंगलबार बिहान मृत फेला परेकी थिइन्।

सांकेतिक तस्वीर

रुकुम पश्चिम– रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलंगास्थित सत्कार होटलमा १ जनाको घाँटी रेटेर हत्या भएको छ। 

घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको डीएसपी नमराज भट्टराईले जानकारी दिए। तर, उक्त व्यक्तिलाई सार्वजनिक भने गरेको छैन। 

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक होटेलमा मंगलबार बिहान मृत फेला परेकी थिइन्।

अनुसन्धानका क्रममा मृतक महिलाको घाँटी रेटेर हत्या गरिएको खुलेको डीएसपी भट्टराईले बताए। हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको उनको भनाइ छ।