बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्षासँगै बेमौसमी हिमपात हुन थालेको बताए।
अन्नपूर्ण– मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङको जोमसोममा आयोजित कार्यक्रममा सहभागी गएका प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले जलवायु परिवर्तनको असर बढ्दो क्रममा रहेको बताए। जसका कारण मुस्ताङमा मानवीय र भौतिक क्षति बढेको स्थानीय चन्द्रबहादुर थकालीले बताए।
“जलवायु परिवर्तनको असर हाम्रो जिल्लामा सबैभन्दा बढी परेको छ,” उनले भने, “यहाँको तापक्रम बढ्दै गएको छ। हिउँ पग्लिँदै गएको छ। यसका कारण उपल्लो मुस्ताङका मानिस विस्थापित पनि भएका छन्।” जलवायु परिवर्तनका कारण जिल्लामा उत्पादन हुने स्याउलगायत अन्य बालीमा रोग कीराको समस्यासमेत बढिरहेको उनको भनाइ छ।
उपल्लो मुस्ताङमा घर पालुवा जनावर घट्दै गएको उनले बताए। मुस्ताङी जनताले झेल्नुपरेको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्षासँगै बेमौसमी हिमपात हुन थालेको बताए।
“गतवर्ष असोज १७ देखि लगातार सात दिनसम्म वर्षा हुँदा धेरै क्षति पुगेको थियो,” उनले भने, “यसवर्ष पनि गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पुर्याएको छ। त्यसैले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि संघीय सरकारले ध्यान दिन जरुरी छ।”
प्रदेशसभा सदस्य विकल शेरचनले वातावरण अनुकूल विकास निर्माणको काम गर्नुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधता संरक्षण गर्नुपर्ने, हरितगृह ग्यास उत्सर्जनमा विशेष ध्यान दिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
