बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको छ।
काठमाडाैँ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत परेको छ। उक्त प्रस्तावको विपक्षमा ५ मत परेको छ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्। ९३ सदस्यीय प्रदेशसभामा एकजना सांसद अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन्। राप्रपाका एकजना सांसद अनुपस्थित रहे।
शनिबार नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्। माओवादीलाई सरकारको नेतृत्व दिने गठबन्धनका शीर्ष नेताहरूको सहमतिप्रति असन्तुष्टि जनाउँदै ‘विद्रोह’ गरी शेखर कोइराला समूहका कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन्।
कार्कीले नेकपा एमालेका रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
