मेलामा प्रदर्शनीको लागि भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट समेत सहभागिता रहने नेपाल हस्तकला महासंघले जनाएको छ।
काठमाडौँ– नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ। महासंघका अनुसार काठमाडाैँको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने हस्तकला मेलाको यो २० औँ संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औँ संस्करण हो।
नेपाली हस्तकलाजन्य वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दैै आएको छ। स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ।
मेलामा हस्तकलाका वस्तुहरूको करिब १५० वटा स्टलहरू रहने आयोजक नेपाल हस्तकला महासंघले बुधबार काठमाडाैँमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने जनाइएको छ। जसअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ।
व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरू समेतको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन्। यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्रीमा रहने उनले बताए।
“सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ,” अध्यक्ष शाक्यले भने, “मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई नि:शुल्क स्टल प्रदान गरिने छ।”
मेलाको प्रमुख आकर्षणको रूपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ। जस अन्तर्गत परम्परागत विधातर्फ 'पौभा' र समसामयिक विधातर्फ 'छ्वाली कला'मा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने उल्लेख छ।
महासंघका अनुसार हाल वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको हस्तकलाका वस्तुहरू विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ। स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कूल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको महासंघको दावी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
