इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे सल्लाहपछि इजरायलले यस्ताे निर्णय गरेको हाे।
इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ।
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे सल्लाहपछि इजरायलले यस्ताे निर्णय गरेको हाे।
“अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,” प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ।
वक्तव्यमा भनिएको छ– “गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ।”
बाइडेनले अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायललाई दिँदै आएको समर्थन थप सशक्त पार्ने प्रस्ताव गर्दै प्यालेस्टिनी राज्य निर्माण गर्ने लक्ष्यमा आफ्नो प्रतिबद्धता पनि दोहोर्याए।
बाइडेनले भने– “हामीले जतिसुकै कठिन काम गरे पनि हामीले शान्तिको बाटो पछ्याउनुपर्छ, ताकि इजरायल र प्यालेस्टिनी जनता दुवै सुरक्षित, सम्मान र शान्तिका साथ बाँच्न सकून्।”
“मेरो लागि यसको अर्थ दुई राष्ट्रबीचको समाधान हो,” इजरायलको ऐक्यबद्धता भ्रमणको समापन गर्दै उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
