बुधबार बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
काभ्रेपलान्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले बिहीबारदेखि टिपर सञ्चालनमा रोक लगाएको छ। चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो।
घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। बैठकले बिहीबार बिहान ५ बजेदेखि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।
चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिल हुने भएकाले जिल्लाभर तथा जिल्लाभित्रका दुई राजमार्ग (अरनिको र बीपी) मा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो।
यस्तै बैठकले दुर्घटना बढ्दै गएकाले टिपर तथा सार्वजनिक सवारी साधनका चालकका लागि सचेतना कक्षासमेत सञ्चालन गर्ने निर्णय गरेको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार गत असोज महिनामा २५ सवारीसाधन दुर्घटनामध्ये छ वटा टिपरका कारण भएका थिए। दुर्घटनामा सात जनाको ज्यान गएकामा तीन जनाले टिपरको कारण ज्यान गुमाएका थिए।
दुर्घटना बढेपछि एक वर्षदेखि टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको थियो। दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी साधन चल्ने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
