सुनको मूल्यमा रेकर्ड: प्रतितोला १ लाख १३ हजार ७०० मा कारोबार

यसअघि साउन ४ गते छापावाल सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

बिहीबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १३ हजार ७०० मा कारोबार भइरहेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो। यसअघि साउन ४ गते छापावाल सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँ कायम गरिएको छ। बुधबार एक लाख १२ हजार ६५० रुपैयाँ थियो।

चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइहरेको छ। अघिल्लो दिनको तुलनामा चाँदी १५ रुपैयाँले घटेको हो।