गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचारका लागि भर्ना गरिएको पेकिङ युनियन मेडिकल कलेज, अस्पताल बेइजिङले उनलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको जनाएको छ।
काठमाडौँ– चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको पुष्टि भएको छ।
पेकिङ युनियन मेडिकल कलेज, अस्पतालले बेइजिङले बिहीबार ‘रिपोर्ट’ जारी गर्दै उपताररत मन्त्री मन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको जानकारी दिएको बइजिङस्थित नेपाली दूतावासले जनाएको हो।
मन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जनाएको हो। उनको मुटुको बायाँ धमनीमा ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।
अस्पताललाई उद्धृत गर्दै दूतावासले जनाएअनुसार श्रेष्ठलाई आईसीयूमा राखेर उपचार भइरहेको र उनी निरन्तर चिकित्सको निगरानीमा रहेका छन्। उनको स्वास्थ्य अवस्था पनि सुधारोन्मुख रहेको दूतावासले जनाएको छ।
एक्युट मायोकार्डियल इन्फेक्सनको गम्भीर स्थितिमा हृदयबाट मांसपेशीमा सही ढंगले रगतको आपूर्ति हुन पाउँदैन। मुटुबाट शरीरमा सहज रूपमा रगत पम्पिङ नभए अक्सिजनको आपूर्तिमा पनि अवरोध आउँछ। जसका कारण बिरामीमा जटिल स्वास्थ्य समस्या देखिन्छ। तुरुन्तै उपचार पाउन नसके बिरामी ज्यानसमेत जाने खतरा हुन्छ।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका मन्त्री श्रेष्ठ छातीमा दुखाइ महसुस भएपछि बिहीबार बिहान साढे २ बजेतिर अस्पतालमा भर्ना भएका थिए। चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
