सरकारले औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारी गर्न अनुमति दिने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले सुपारी, केराउ र मरीचको पैठारी गर्न अनुमति दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।
“सरकारले आव २०८०/८१ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारी गर्न अनुमति दिने निर्णय गरेको छ,” उनले भनिन्।
यो पनि – सुपारी आयात खोलेर विदेशी मुद्रा अपचलनबाट ९ अर्ब कमाउने दाउ
त्यस्तै, सरकारले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ। “तल्लो अरुण दल विद्युत् परियोजना ६६९ मेगावाटका लागि आवश्यक १०७.९७ हेक्टर निजी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय भएको छ,” उनले भनिन्।
मन्त्रिपरिषद्ले आव २०८०/८१ का लागि महान्यायाधिवक्ताको कार्यालयमा एक जना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने, असोज २६ देखि कात्तिक २ गतेसम्म भारतमा हुने प्रधानमन्त्री गतिशक्ति गुरुयोजनाको अवलोकन भ्रमणमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।
थाइल्यान्डको बैंककमा कात्तिक २ देखि ३ गतेसम्म आयोजनामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने, दुग्ध विकास संस्थानको सञ्चालक समितिका सदस्य डा. वेदबहादुर क्षेत्रीलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सकारले रेल्वे सेवा सञ्चालन र मर्मत सम्भारका लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार तथा सरकारी प्रक्रियाबाट सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा आव २०८०/८१ का लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृतस्तरका १४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले असोज ३० देखि कात्तिक २ सम्म भारतको मुम्बईमा हुने कार्यक्रममा सरकारलाई आर्थिक दायित्व नपर्ने गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सहभागी हुन स्वीकृति दिएको छ। अन्तर्राष्ट्रियस्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापक (अफिसियल) लाई पुरस्कार प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ।
त्यस्तै, सरकारले मंसिर १९ र २० गते मित्रराष्ट्र घानामा संयुक्त राष्ट्रसंघद्वारा आयोजना हुने कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सहभागी हुन स्वीकृति दिएको छ। सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकालाई १५ शय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिका– ३ स्थित ७.२ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने, माथिल्लो सितखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माणका लागि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका– ४ र ५ स्थित १.८४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, अवकाशप्राप्त गैरनेपाली नागरिक अस्थायी शिक्षकहरूलाई सुविधा प्रदान गर्ने पनि सरकारले निर्णय गरेको छ।
सरकारले आगामी कात्तिक १३ देखि १६ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने सभामा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, सचिव डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
