राजधानी तेल अविवमा दुई नेताबीच भेटघाट भएको छ। भेटघाटका क्रममा सुनकले नेतान्याहुलाई युद्धमा जितको शुभकामना व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनको इजरायल भ्रमण लगत्तै बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुगेका छन्।
इजरायललाई सहयाेगको ढाडस दिन सुनक बिहिबार इजरायल पुगेका हुन्। त्यहाँ उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटेका छन्। राजधानी तेल अविवमा दुई नेताबीच भेटघाट भएको छ। भेटघाटका क्रममा सुनकले नेतान्याहुलाई युद्धमा जितको शुभकामना व्यक्त गरेका छन्।
नेतान्याहुले पनि सुनकसँग यस्तो परिस्थितिमा बेलायतको सहयोग आवश्यक रहेको बताएका छन्। "यो हाम्रो लागि र पूरै विश्वको लागि पनि अँध्यारो समय हो," उनले सुनकसँग भने,"हामीलाई तपाईंको सहयोगको आवश्यकता छ।"
सुनकले पनि हमासको सामना गर्नमा इजरायललाई बेलायतले सहयोग गर्ने विश्वास दिलाएका छन्।
यसअघि बुधबार अमेरिकी राष्ट्रपछि जो बाइडेन इजरायल गएका थिए। बाइडेनले पनि नेतान्याहुलाई सैन्य सहयोगको आश्वासन दिएका छन्। यस्तै बाइडेनको आग्रहमा इजरायलले गाजा क्षेत्रमा सहायता सामग्री जान दिएको छ।
अक्टाेबर ७ देखि शुरू भएको इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमासबीचको युद्ध झन् उग्र बन्दै गएको छ। गाजामा तीन हजार ७०० भन्दा बढीको ज्यान गइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान जानेमा धेरैजसो बालबालिका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
