सुन्तला गाउँका रूपमा परिचय बनाएको बागलुङको सिगानामा वार्षिक रूपमा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रुपैयाँ भित्रिँदै आएको छ।
बागलुङ– सिगानामा दशैँअगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सय रुपैयाँका दरले बिक्री गरे। उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा तीन लाख रुपैयाँको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन्।
उनीले गत वर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले २० हजार रुपैयाँको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए। “परीक्षणका लागि ६ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए”, खड्काले भने, “अहिले दशैँ खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ।”
सुन्तला गाउँका रूपमा परिचय बनाएको बागलुङको सिगानामा वार्षिक रूपमा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रुपैयाँ भित्रिँदै आएको छ।
अगुवा सुन्तला किसान टोपबहादुर खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन्। खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन्। तर मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ।
सामान्यतः सुन्तलाको सिजन मंसिरबाट शुरू भए पनि उनले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन्। खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ। बेमौसमी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ।
बागलुङ नगरपालिका-८ सिगानामा खड्काले परीक्षणका रूपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ। उक्त सुन्तला घरमा खपत र कोसेलीका रूपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन्।
अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोङ्कान भने एक महिनापछि पाक्छन्। “बेमौसमी सुन्तला व्यावसायिक रूपमा भन्दा पनि परीक्षणका लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो”, खड्काले भने, “मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँच वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ।”
बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ। खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताए। विसं २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन्। ६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन्। उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ।
नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन्। खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन्। खड्काले पाँच रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन्। खड्काले मौसमी र बेमौसमी सुन्तला उत्पादनसँगै किवी, अलैँची र तरकारी खेती गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
