कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।  

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का हुनेछ।

राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।