जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ।
काठमाडौँ– नागढुंगा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाका उपलब्ध गराइने भएको छ।
चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले पीडितलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा व्यवस्थापन गर्ने गरी गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ।
११ घर परिवारको विवरण संकलन भएको र उनीहरूलाई तत्काल स्थानान्तरण गरिने नगर प्रमुख घनश्याम गिरीले बताए। थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने उनको भनाइ छ। सुरुङ मार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिनेछ।
राष्ट्रिय गौरवको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेकथ्रु’ अवस्थामा पुगेको बताइएको छ। मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार ५७५ रहेको छ।
सुरुङमार्ग निर्माणपछि २० मिनेटमा नै नौबिसेबाट काठमाडौँ प्रवेश गर्न सकिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
